सिरहा १ (२) मा गुप्ता र ४ (२) मा यादव निर्वाचित

काठमाडौं । सिरहा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ मा जनता समाजवादी पार्टीका उम्मेदवार राजकुमार गुप्ता निर्वाचित भएका छन् । उनले १६ हजार दुई सय ३९ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) पार्टीका अशोककुमार यादवले १३ हजार दुई सय ३३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी जनमत पार्टीका शम्भुप्रसाद साहले पाँच हजार पाँच सय २७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लोकहरि बस्यालले जानकारी दिए। त्यस्तै सिरहा क्षेत्र नं ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन् ।
यादवले ९ हजार सात सय ६३ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका सुरेशकुमार मण्डलले ९ हजार तीन सय ९८ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
प्रतिक्रिया