मुगु प्रदेशसभा (२) मा माओवादी केन्द्रका शाही विजयी
काठमाडाैं । मुगुमा प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मङ्गलबहादुर शाही विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कर्णबहादुर मल्ललाई पराजित गरेका हुन् ।
जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेका अनुसार विजयी शाहीले आठ हजार चार सय २९ मत प्राप्त गरे । एमाले उम्मेदवार मल्लले चार हजार आठ सय ८४ मत ल्याए । यस क्षेत्रमा कूल १३ हजार छ सय २६ मत खसेको थियो ।
शाहीले मल्ललाई तीन हजार पाँच सय ४५ मतान्तरले पराजित गरेका हुन् । यसअघि प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका थिए । उनी १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन् ।
शाहीले निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीलाई तीन हजार नौ सय ९४ मतान्तरले पराजित गरेका थिए । यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका थिए । उनले ६ हजार ६१८ मत प्राप्त गर्दै सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमलाई पराजित गरेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया