राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।
चितवन प्रहरीका अनुसार शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको थियो । उक्त घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् भने कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डालगायतका सामानमा क्षति पुगेको जनाएको छ ।
प्रहरीका अनुसार कार्यालयको ढोका चाबी भने यथावत रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना शुक्रबारको भएपनि खबर भने ढिला जानकारी भएको चितवन प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया