इटहरी इन्टरनेशनल कलेजको छात्रवृत्ति पुरस्कार सम्पन्न
काठमाडाैं । इटहरी इन्टरनेशनल कलेजले विभिन्न विद्यार्थीहरुलाई छात्रबृत्ति पुरस्कारद्वारा सम्मान गरेको छ ।
कलेजले शैक्षिक, अनुशासन र सहभागिताका पक्षहरुमा जोड दिएर कलेजको क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने २०२२ का विद्यार्थीहरुलाई सम्मान गरेहो हो ।
उक्त ‘एएए छात्रबृत्ति पुरस्कार’ कार्यक्रम समारोह सम्पन्न गरेको छ । एएए छात्रबृत्ति जुन शिक्षविद्हरुको उपस्थितिमा भएको थियो ।
विद्यार्थीहरुलाई उनीहरुको कलेजमा उत्कृष्टताको आधारमा सय प्रतिशत ट्युसन शुल्क मिनाहा गरिएको छ । जसले विद्यार्थीहरुको लागि प्रोत्साहन हुने बिस्वास कलेजले लिएको छ ।
यस्तैगरी छात्रबृत्ति कार्यक्रमको लागि कुल १३६ जना विद्यार्थीले आवेदन दिएका थिए । हाम्रा संकाय सदस्यहरुले चुनौतिपुर्ण छनोट प्रकृयापछि २१ विद्यार्थीहरुलाई सम्मानित गर्न योग्य ठहरिएको थियो, विज्ञप्तिमा उल्लेख छ । उक्त छात्रबृत्तिको लागि २८ लाख रुपैयाँको राशी थियो ।
छनौटमा परेका विद्यार्थीको सम्मानमा यो समारोह आयोजना गरिएको कलेजले जनाएको छ ।
कार्यक्रममा पुस्कृत विद्यार्थीहरुलाई कलेजका प्रमुख कार्यकारी अधिकृत डा. दक्षता राणा शाहले धन्यबाद ज्ञापन गरेका थिए । ‘म र कलेज परिवार पहिलो एएए छात्रबृत्ति प्राप्त गर्न यहाँहरुले देखाउनु भएको लगनशिलताबाट गौरव गर्दछ’, अध्यक्ष राणाले भने ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया