सर्वोच्च अदालतको गेटमा रातो रङ छ्याप्ने पक्राउ

काठमाडौं । सर्वोच्च अदालतको गेटमा रातो रङ छ्याप्ने दुई जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार न्याय माग गर्दै उनिहरुले सर्वोच्च अदालतमा रातो रंग छ्यापेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहाकी बिनु यादव र अभियानकर्ता जस्मिन ओझा रहेका छन् । दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिनुको घरेलु हिंसा सम्बन्धी मुद्या उच्च अदालत पाटनमा विचाराधीन अवस्थामा छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया