निर्वाचन भएको ११ दिनपछि बाजुरामा मतगणना हुँदै
काठमाडौं । मंसिर ४ मा विवादका कारण स्थगित भएको बाजुराको मतगणना ११ दिनपछि सुरू हुने भएको छ ।
बिहीबार जिल्लामा सर्वदलीय बैठक बसेर सहमति भएपछि मतगणना सुरू हुने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाइएको छ।
सत्तापक्षले शक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदान गर्न निर्वाचन आयोगमा उजुरी गरेको थियो । त्यहाँको घटनाबारे बुझ्न गएको आयोगको टोलीले स्थलगत रिपोर्टिङपछि पुनः मतदान गर्न नपर्ने निर्णय गरेको थियो ।
टोलीले त्यहाँको बस्तुस्थिति बुझेर प्रतिवेदन तयार पारेर बुधबार मतगणना सुरू गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो। तर बुधबार बैठकमा दलहररू छलफलमा सहभागी नभएपछि आयोगले आज बोलएको हो । मतगणना गर्ने आयोगको निर्णयप्रति एमालेले आपत्ति जनाएको छ । यहाँ एमालेबाट पूर्वमन्त्रीसमेत रहेका कर्णबहादुर थापा र कांग्रेसबाट बद्रीप्रसाद पाण्डे चुनावी मैदानमा उत्रिएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया