बाजुरामा प्रतिनिधिसभा सदस्यमा कांग्रेसको अग्रता

बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उम्मेदवार बद्रीप्रसाद पाण्डेले पाँच हजार चार सय ९१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कर्णबहादुर थापाले चार हजार एक सय २९ मत प्राप्त गरका छन् । यहाँ कुल ६० हजार एक सय ५२ जनाले मतदान गरेका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा (१) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नरेश शाहीले दुई हजार ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बलदेव रेग्मीले नौ सय ६२ मत प्राप्त गरेका छन्।
यस्तै प्रदेशसभा (२) मा नेपाली कांग्रसका उम्मेदवार पदम शाहीले दुई हजार तीन सय ८१ तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले दुई हजार चार सय ५५ मत प्राप्त गरेका छ ।
ताजा अपडेट
-
बलात्कार प्रयास गर्नेको पक्षमा प्रहरी, न्याय नपाएपछि पीडितले त्यागिन् प्राण !
-
मौसममा तीन वायुको प्रभाव, ५ प्रदेशमा मध्यम र १ प्रदेशमा भारी वर्षा
-
आफ्नै कीर्तिमान तोड्ने धुनमा कामीरिता
-
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, १६ घाइते
-
कालीमाटीमा आज तरकारीको भाउ : महँगियो च्याउ, सस्तियो बन्दा
प्रतिक्रिया