तीन महिनामै साढे ८ अर्ब रुपैयाँ प्राधिकरणले नाफा कमायो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा साढे ८ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ ।
साउन, भदौ र असोजसम्मको वित्तीय विवरणअनुसार प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ ।
सो अवधिमा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरण ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) खुद नाफा कमाउन सफल भएको हो । सरकारी स्वामित्वका कम्पनीमध्ये प्राधिकरणको यो नाफा सबैभन्दा धेरै हो ।
प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत् खरिद गरेको छ । आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ ।
देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया