निषेधाज्ञा तोडेर विद्यार्थीहरू धनगढीमा आन्दोलित
धनगढी । जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू धनगढीमा आन्दोलनमा उत्रिएका छन् ।
ग्रेडरको ठक्करबाट आफ्नै साथीको मृत्यु भएपछि हिजो देखी धनगढीमा विद्यार्थीहरूआन्दोलनमा उत्रिएका हुन ।
८ कक्षामा पढ्दै गरेकी चेतना साउँदको हिजो ग्रेडरको ठक्करबाट मृत्यु भएको थियो ।मृत्यु पश्चात आन्दोलनरत विद्यार्थीहरुले मृतक परिवारलाई क्षतिपुर्ति सहित चालकलाई कारबाहिको माग गरेका छन् ।
निषेधाज्ञाबीचमै अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासन विरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रर्दशनमा उत्रिएका छन्।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया