NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नाइजेरियामा एड्सको औषधि उपचारमा पहुँचका लागि चन्दा अभियान सञ्चालन

एजेन्सी । नाइजेरियामा एचआइभी सङ्क्रमितहरुको औषधि उपचारमा पहुँच पु-याउनका लागि चन्दा संकलन अभियान सञ्चालन गरिएको छ । बिहीबार विश्व एड्स दिवसको अवसर पारेर सरकारले नै अनलाइनबाट चन्दा संकलन अभियानको सुरुवात गरेको हो ।

सरकारले एचआइभीको उपचारका लागि आवश्यक रकम संकलनका लागि एचआइभी ट्रष्ट अनलाइन डोनेसन कार्यक्रमको सुरुवात गरेको हो ।

एचाइभी सङ्क्रमण बढ्दै गएको तर पनि यसको औषधि उपचार महंगो भएकाले सरकारले आवश्यक मात्रामा बजेट व्यवस्था गर्न नसकेको गुनासो आएको थियो ।

सो गुनासोको सम्बोधन गर्दै एचआइभी एड्स सङ्क्रमितहरुको उपचारका लागि यो अनलाइन डोनेसन कार्यक्रम सञ्चालन गरिएको सरकारले बताएको छ ।अनलाइनमार्फत् रकम संकलन गर्ने गरी सुरुवात गरिएको सो कार्यक्रममा नागरिकहरुले पनि व्यक्तिगत रुपमा सहयोग उपलब्ध गराउन सक्नेछन् ।

नाइजेरियाको एचआइभी एड्स सङ्क्रमण नियन्त्रण तथा उपचार केन्द्रका निर्देशक ग्याम्बो एलिउले सो अभियानमा सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो । एचआइभी सङ्क्रमणमा परेका बालबालिकाका लागि सबै अभिभावकहरुले आफ्नै बालबालिका विरामी परेको भन्ने ठानेर सहयोग गर्न आग्रह गरे ।

एचआइभी एड्सको औषधि प्राप्त हुने गरेको भए पनि त्यो महंगो भएको सरकारको भनाई छ । औषधि मंहगो भएकाले उपचारमा सबै नागरिकको पहुँच पुग्न नसकेको हो ।

उनले नाइजेरिया सरकारले पनि सन् २०३० सम्ममा एड्सको सङ्क्रमणको अन्त्य गर्ने नीति लिएको भए पनि उपचारमा सहज पहुँच नहुँदा नागरिकले औषधि पाउन नसकेकाले यो अभियान सञ्चालन गरिएको बताए ।