बागमतीमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी
काठमाडाैं । बागमती प्रदेश अन्तर्गतका जिल्लामा गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालयले जनाएको छ ।
प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लामा कूल ३३ मानवअधिकार उल्लङ्घनको विभिन्न किसिमका उजुरी सो कार्यालयमा परेको जनाइएको छ । कार्यालयका प्रमुख यज्ञ अधिकारीका अनुसार प्रदेशको सबैभन्दा बढी काठमाडौँ र ललितपुरमा मानवअधिकार उल्लङ्घनको उजुरी परेको बताए ।
दुवै जिल्लामा क्रमशः आठ र सात मानवअधिकार उल्लङ्घनको उजुरी परेको हो । प्राप्त विवरणअनुसार चितवनमा चार, नुवाकोटमा चार, सिन्धुपाल्चोकमा तीन, काभ्रेमा दुई, धादिङमा दुई, दोलखामा दुई र रामेछापमा एक वटा उजुरी परेको बताइएको छ ।
मकवानपुर, भक्तपुर, रसुवा र सिन्धुलीमा गत आर्थिक वर्षमा कुनै किसिमको मानवअधिकार उल्लङ्घनको उजुरी नपरेको सो कार्यालयले जनाएको छ । नेपालमा राष्ट्रिय मानवअधिकार आयोगमा परेका उजुरीमध्ये १० दशमलव पाँच प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याइएक छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया