जाडो महिनामा अमला खानुका फाइदा यस्ता छन्
काठमाडाैं । जाडोमा अमलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अमलाका एक हैन अनेक फाइदा छन् । अमलामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । दिनहुँ अमलाको सेवन गर्दा मुटु रोगबाट बच्न सकिन्छ ।
अमलामा पाइने भिटामिन सीले एथेरोस्क्लेरोसिस जस्ता रोगलाई पनि शरीरबाट टाढा राख्छ, जसमा फ्याट, कोलेस्ट्रोल जस्ता फोहोर पदार्थ रक्तनलीमा जम्मा हुन थाल्छ ।
मुखमा अल्सरको समस्या भएका मानिसका लागि अमला निकै फाइदाजनक हुन्छ । यस्ता व्यक्तिले अमलाको जुस सेवन गर्नुपर्छ । यसका साथै अमलाको सेवनले दाँत र गिजालाई बलियो बनाउँछ ।
अमला शरीरको रोग प्रतिरोधी क्षमता बढाउने रामबाण उपाय हो । यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
अमलामा क्रोमियम पनि पाइन्छ, जसको प्रयोगले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ। अमलाको सेवन मधुमेह रोगीका लागि पनि निकै फाइदाजनक हुन्छ।
अमलामा यस्ता तत्व हुन्छन्, जसमा रगत सफा गर्ने गुण हुन्छ । अमलाको नियमनित सेवनले मानिसको छाला दागरहित मात्र होइन चम्किलो पनि बनाउँछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया