रोल्पाका सुन्तला दाङका बजारमा
काठमाडाैं । रोल्पाको माडी गाउँपालिका-५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि दाङको घोराही आएका छन् । रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर बजारको खोजीमा दाङ आइपुगेका हुन् । रोल्पामा भने जती मूल्य नपाएपछि महँगो बस भाडाखर्च गरेर दाङ आउनुपरेको उनले बताइन् ।
घोराहीमा मासिक आठ हजारमा कोठा भाडामा लिएर बुढामगरले सुन्तला बिक्री गर्न थालेका हुन् । उनले चार सय ५० सुन्तलाका बिरुवा रोपेकामा दुई सय बोटले फल दिन थालेको बताए ।
गतवर्ष सुन्तलामा फल लाग्दा असिना पानीले नोक्सान गरेको थियो । फल राम्रोसित लागेको थिएन । यसपाली पर्याप्त मात्रामा सुन्तला फलेको बुढामगरले बताए । ‘रोल्पामा बजार नपाउँदा बिक्री गर्न दाङ आउनुपरेको हो,’ उनले भने । गत वर्ष आठ लाखको सुन्तला बिक्री भएको बुढामगरको भनाइ छ ।
रोल्पामा उत्पादन भएको सुन्तला भण्डारण गर्न समस्या छ । व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता बुढामगरसित छ । स्थानीयस्तरमा शीत भण्डारको व्यवस्था गर्न सके उत्पादन भएका फलफूल लामो समय राख्न सकिने थियो । लामो समयसम्म भण्डारण गरेर राखे पछि महङ्गोमा बिक्री गर्न सकिने उनको भनाइ छ ।
घोराहीका व्यापारीलाई थोक र फुटकरमा सुन्तला बिक्री गर्दैआएको बुढामगरले बताए । खुद्रामा प्रतिकिलो ८० मा सुन्तला बिक्री गर्ने गरेको उनले बताए । स्थानीय उत्पादनलाई प्रोत्सान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष पहल गर्नुपर्ने बुढामगरको भनाइ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया