रोल्पाका सुन्तला दाङका बजारमा

काठमाडाैं । रोल्पाको माडी गाउँपालिका-५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीका लागि दाङको घोराही आएका छन् । रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर बजारको खोजीमा दाङ आइपुगेका हुन् । रोल्पामा भने जती मूल्य नपाएपछि महँगो बस भाडाखर्च गरेर दाङ आउनुपरेको उनले बताइन् ।
घोराहीमा मासिक आठ हजारमा कोठा भाडामा लिएर बुढामगरले सुन्तला बिक्री गर्न थालेका हुन् । उनले चार सय ५० सुन्तलाका बिरुवा रोपेकामा दुई सय बोटले फल दिन थालेको बताए ।
गतवर्ष सुन्तलामा फल लाग्दा असिना पानीले नोक्सान गरेको थियो । फल राम्रोसित लागेको थिएन । यसपाली पर्याप्त मात्रामा सुन्तला फलेको बुढामगरले बताए । ‘रोल्पामा बजार नपाउँदा बिक्री गर्न दाङ आउनुपरेको हो,’ उनले भने । गत वर्ष आठ लाखको सुन्तला बिक्री भएको बुढामगरको भनाइ छ ।
रोल्पामा उत्पादन भएको सुन्तला भण्डारण गर्न समस्या छ । व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता बुढामगरसित छ । स्थानीयस्तरमा शीत भण्डारको व्यवस्था गर्न सके उत्पादन भएका फलफूल लामो समय राख्न सकिने थियो । लामो समयसम्म भण्डारण गरेर राखे पछि महङ्गोमा बिक्री गर्न सकिने उनको भनाइ छ ।
घोराहीका व्यापारीलाई थोक र फुटकरमा सुन्तला बिक्री गर्दैआएको बुढामगरले बताए । खुद्रामा प्रतिकिलो ८० मा सुन्तला बिक्री गर्ने गरेको उनले बताए । स्थानीय उत्पादनलाई प्रोत्सान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले विशेष पहल गर्नुपर्ने बुढामगरको भनाइ छ ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया