कतार विश्वकप : टुंगियो एसियाली दुई राष्ट्रको यात्रा
काठमाडौं । ब्राजिल फिफा विश्वकप फुटबल–२०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
कतारमा आज भएको प्रि–क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
ब्राजिलका लागि खेलको ७ औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए ।
त्यस्तै खेलको २९ औँ मिनेटमा रिचार्लिसन र ३६ औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४–० ले अग्रता लियो ।
खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४–१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो ।
यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।
योसँगै एसियाका दुई राष्ट्र जापान र दक्षिण कोरियाको कतार विश्वकप यात्रा टुंगिएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया