खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या
पर्वत । पर्वतमा खेतीयोग्य जमिनको माटोमा अम्लियपनाको समस्या देखिएको छ । नबौँ माटो दिवसको अवसरमा दक्षिण पर्वतको पैंँयू गाउँपालिकामा राखिएको माटो परीक्षण शिविरमा जाँच गरिएका नमुनामा अम्लियपनाको समस्या बढी देखिएको हो ।
पैँयू गाउँपालिकाको सातवटै वार्डबाट माटोको एक सय दुई नमुना परीक्षण गरिएको थियो । संकलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा पनि कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिइन् ।
नतिजामा २५ प्रतिशत नमुनामा अम्लियपनाको समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखिएको छ । ८० प्रतिशत माटोमा फस्फोरस र सबै नमुना माटोमा पोटासको मात्रा कम रहेको प्रमुख थापाले बताइन् ।
नतिजाको आधारमा विभिन्न बालीमा नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा सिफारिस गरिएको छ भने पि एच मानको आधारमा कृषि चुनको मात्रा सिफारिस गरिएको कार्यालयले जनाएको छ ।
सिफारिस गरिए अनुसार कृषि चुन र सन्तुलित मलखाद किसानले अवलम्बन गरेमा माटोको अवस्थामा सुधार गर्न सकिने थापाले बताइन् ।
‘स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात’ भन्ने नारासहित नवौंँ विश्व माटो दिवस–२०७९ को अवसरमा गरिएको माटो परीक्षणले गाउँपालिकाका सबैजसो वडाका किसान लाभान्वित भएका छन् ।
नमुना परीक्षण गरिएका क्षेत्रमा माटोको उपचार गर्ने प्रविधि र माटोको अवस्था अनुसार कुन बालीनाली लगाउने भन्ने बारेमासमेत सहजीकरण गरिएको कार्यालय प्रमुख थापाले जानकारी दिइन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया