आणबिक युद्धको खतरा बढ्दै गएको छ : पुटिन
काठमाडौं (एजेन्सी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणबिक युद्धको खतरा बढ्दै गएको बताएका छन् । यद्यपि, उनले रसियाले आणबिक हतियार प्रयोग गर्न नचाहेको खुलाए ।
यस वर्षको फेब्रुअरीमा युक्रेनमाथि हमलापछि रुसले आणबिक हतियारको प्रयोग गर्ने आशंका बलियो हुन थालेको छ ।
‘यसको खतरा साँच्चै बढिरहेको छ, यसलाई लुकाउनु गलत हुनेछ,’ उनले भने ।
उनले कुनै पनि हालतमा रसियाले आणबिक हतियार प्रयोग गर्न पहल नगर्ने र यसको भण्डारबाट कसैलाई पनि धम्की नदिने बताए।
पुटिनले भने, ‘हामी पागल होइनौं, हामीलाई थाहा छ आणबिक हतियार के हो।’ रुससँग विश्वकै सबैभन्दा आधुनिक आणबिक हतियार रहेको दाबी पनि पुटिनले उक्त अवसरमा गरे ।
आफ्नो देशले आणबिक हतियार अरु कुनै देशमा तैनाथ नगरे पनि अमेरिकाले टर्की र युरोपका धेरै देशमा तैनाथ गरेको उनले आरोप लगाए ।
रुसको मानवअधिकार परिषद्को वार्षिक बैठक बोल्दै उनले जारी युक्रेन युद्ध लामो समयम्म लम्बिन सक्ने बताए ।
गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर उद्घोष गरेको युद्धको अन्त्यहीन श्रृखला जारी छ । योबीचमा रुसले केही स्थानमा कब्जा जमाएकोमा गत महिना युक्रेनको खेरसन सहरबाट फिर्ता भएको थियो । फेब्रुअरीमा भएको आक्रमणपछि रुसी नियन्त्रणमा आएको यो एकमात्र प्रमुख सहर थियो।
यो हप्ता रुसले फेरि युक्रेनको पावर ग्रिडलाई लक्षित गरी मिसाइल आक्रमण सुरु गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया