राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सदस्यको टुंगाे लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ ।
निर्वाचन आयोगले दिएको समयसीमाभित्र समानुपातिक सदस्यको छनोट गर्न बोलाइएको बैठकमा निर्वाचनको समीक्षा एवं समसामयिक विषयवस्तुमा छलफल गरिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार धुम्रबराहीस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने बैठकले पछिल्लो परिस्थितिमा विकास भएको राजनीतिक अवस्थामा पार्टी सरकारमा सहभागी हुने वा नहुने, पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण, राजनीतिक आदर्श तथा राजनीतिक विषयवस्तुलाई स्थापित गर्न निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने छ ।
संसदीय दलमा नेतृत्व छनोटका लागि निर्माण गरिने मापदण्डमा पनि सुझाव संकलन गरिने बताइएको छ । पार्टीकातर्फबाट प्रतिनिधिसभामा सात सदस्य निर्वाचित भएका छन् ।
पार्टीका नेता सुन्दर पाण्डेका अनुसार करिब ६ लाख मत प्राप्त गरेको पार्टीले समानुपातिकमा प्रतिनिधिसभामा सात तथा प्रदेशसभामा सत्र सिट प्राप्त गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया