रामचन्द्र पौडेलले प्रचण्ड र बाबुरामलाई किन भेटे ?
काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई र कांग्रेसका नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको नेता महेन्द्रराय यादवले बताए ।
‘भेटवार्तामा चुनावी समीक्षा र आगामी सरकार गठनबारे छलफल भयो’, उनले भने, ‘वर्तमान गठबन्धनकै नेतृत्वमा सरकार बनाउन हामीबीच कुनै विमति छैन । बलियो र स्थायी सरकार बनाउ कसरी सकिन्छ भन्ने सम्बन्धमा सामन्य छलफल भएको छ ।’
गठबन्धनबाट कसले नेतृत्व गर्ने भन्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवार र प्रचण्डबीच हानाथाप परिरहेको अवस्थामा पौडेलसँग भेटवार्ता गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यम निर्वाचित भएका पौडेल प्रधानमन्त्रीका आकांक्षी हुन् ।
यसअघि उनले प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालसँग भेट गरी प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् । निर्वाचनअघि प्रचण्डले पौडेलको पक्षमा भोट माग्दै उनलाई जिताएर पठाए प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । प्रधानमन्त्रीलाई लिएर कांग्रेसभित्र प्रधानमन्त्री को भन्ने विषयमा देउवा, पौडेल र गगन थापाबीच हानाथाप छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ । समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ । दल नयाँ सरकार गठनको तयारीमा जुटेका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया