विश्वकप फुटबल : ब्राजिल स्तब्ध, अर्जेन्टिना सेमिफाइनलमा
काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को ब्राजिलको यात्रा टुंगिएको छ । अर्जेन्टिना भने अन्तिम चारमा स्थान सुरक्षित गर्दै सेमिफाइनलमा पुगेको छ ।
गएराति सम्पन्न खेलमा ब्राजिल क्रोयोसियासँग पराजित भएको हो । निर्धारित र इन्जुरी टाइममा खेल बराबरीमा टुंगिएपछि अतिरिक्त समयमा पुगेको थियो । जसमा दुवै टिमले १–१ गोल खेलेपछि ट्राइबेकरमा प्रवेश गरेकोमा ब्राजिल स्तब्ध बन्यो ।
योसँगै ब्राजिलको कतार विश्वकप यात्रा टंगिएको छ भने क्रोयोसिया सेमिफाइनलमा प्रवेश गरेको छ ।
विश्वकपको क्वाटरफाइनलअन्तर्गत भएको अर्को खेलमा नेदरल्याण्डस्लाई पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको छ ।
खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लागि नहुएल मोनिलाले गोल गर्दै अग्रता दिलाएका थिए भने ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दैअग्रता दोब्बर बनाए । तर नेदरल्याण्डस्का लागि वोउट वेग्होरस्टले खेलको ८३औं र इञ्जुरी समयमा गोल गर्दै खेल बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
त्यसपछि दुवै टोलीबाट गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा अर्जेन्टिनाले खेल ४–३ गोल अन्तरले विजयी भयो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया