विद्रोहीलाई छुटाउन अध्यादेश ल्याएकोमा कांग्रेस महामन्त्री शर्माको आपत्ति
काठमाडौं । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिक उन्मुक्ति पार्टीका नेता लगायत विद्रोहीहरूलाई आममाफी दिने गरी अध्यादेश ल्याउने तयारी गरेकोमा आपत्ति जनाएका छन् ।
अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच सरकारले कुनै छलफल नगरेकोमा उनले तीव्र असहमति जनाएका हुन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले द्रोहीहरूलाई आममाफी दिने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।
‘सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य । त्यसैले सार्वजनिक दर्ज होस् असहमति’, शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत । कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ ।’
नयाँ सरकारको गठनको गृहकार्यमा लागेको सत्ता गठबन्धनले सहजताको लागि अध्यादेश ल्याउन लागेको हो। एक स्वतन्त्रसहित ४ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएको नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुन रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने सरकारसँग शर्त राखेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया