NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

समानुपातिकको बन्दसूची सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिका लागि बुझाएको सांसदहरूको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

साँझसम्ममा सूची सार्वजनिक गर्ने तयारी भएको आयोगको भनाइ छ । त्यसअघि दलहरूले बुझाएको बन्दसूची सच्याउन आयोले आज अपराह्न्न ४ बजेसम्मको समय दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

पाँच दलले समानुपातिक प्रणालीतर्फ बन्दसूचीबाट नाम छनोटमा त्रुटि गरेको पाइएको छ ।

आयोगको तथ्याङ्कअनुसार नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीले नाम छनोटमा त्रुटि गरेका हुन् ।

ती दलले दुई सय २० सदस्यीय प्रदेश सभाको नाम छनोटमा क्लस्टर नमिलाएको, प्राथमिकता क्रम मिचेकोलगायत त्रुटि फेला परेको र सच्याउन पत्राचार गरिएको समानुपातिक निर्वाचनतर्फका प्रवक्ता गुरु वाग्लेले जानकारी दिए ।

ताजा अपडेट

नेपालवाच विशेष