सिञ्जाका सडक पुनर्निर्माणका लागि बजेट विनियोजन
सिञ्जा। गत असोज १९ देखि २३ गतेसम्म परेको लगातार अविरल वर्षा र बाढी पहिरोले क्षतिग्रस्त सडक पुनर्निर्माणकालागि रु पाँच करोड बजेट बिनियोजन गरिएको छ ।
नेपाल अर्थ मन्त्रालयबाट बजेट विनियोजित भएपछि सहरी विकास इकाइ कार्यालय सुर्खेतले आज खुला प्रतिस्पर्धामार्फत् बोलपत्र प्रकाशित गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
‘सडक पुनर्निर्माणका काम हिमा गाउँपालिकाको–१ आचार्यलिहीको जिरो प्वाइन्टदेखि धिताललिही, नराकोट जाच, झिम्डिकुना हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्नेछ,’ उनले भने । उनले ठेक्का प्रक्रिया अगाडि बढिसकेकाले भत्किएका सडक पुनर्निर्माणको काम छिट्टै सुरु हुनेमा विश्वास व्यक्त गरे ।
विकासको कामलाई तीव्रता दिनका लागि पालिकाले खुला प्रतिस्पर्धाबाट रोलर र जेसिबी खरिद गरिसकेको छ । अब कार्यविधि बनाएर सञ्चालनमा ल्याइने सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए ।
ताजा अपडेट
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा
-
स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकहरूका लागि नयाँ नियम
-
काठमाडौँ महानगरपालिकाभित्र १२८ डुवान क्षेत्र : डुबानबाट ८ हजार ११५ परिवार प्रभावित हुनसक्ने अनुमान
-
हर्मुज र आणविक मुद्दामा अमेरिका-इरान सम्झौता नजिक
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित


प्रतिक्रिया