सौर्य ऊर्जाबाट पोखरी गाउँमा विद्युत् सेवा
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा पहिलो पटक सौर्य ऊर्जाबाट गाउँ नै झिलीमिली बनेको छ । बिजुलीको सपना पूरा नहुने पीडा साँचेर बसेका सो गाउँका स्थानीयवासी अहिले रात दिन सौर्य ऊर्जाले विद्युत् सेवा सञ्चालनमा आएपछि खुशी भएको छन् ।
विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको थियो ।
सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको स्थानीयवासी रोकायाले भने, “गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । जम्मा गाउँमा ६० घरधुरी रहेका छन् ।
गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको छ महिना पोखरी गाउँका स्थानीय त्यहीँ बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पु¥याइएको छ ।” सबै गरेर एक सय २० घरमा बिजुली बालिएको उनले बताए ।
पचास किलोबाट क्षमताको सौर्य ऊर्जाले प्रत्येक घरमा छ वटा बल्ब राखिएको छ । एक घरले दुई बल्बभन्दा बढी बालेका छैन । गाउँमा पोलपोलमा बिजुली बालिएको छ । जतिबेला पनि मोबाइल चार्ज गर्न पाइएको छ ।
टीभी र वाईफाई चलाउन सजिलो भएको अर्का स्थानीयवासी तुलवीर रोकायाले बताए । उत्पादन भएको सबै बिजुली खपत नहुने भए पनि गाउँमा कुटानी, पिसानी र काठ चिरानी मेसिन राख्ने तयारी भइसकेको छ । यसका लागि वडापालिकाले बजेट छुट्याइसकेको छ । गाउँमै कुटानी पिसानीको काम हुने भएपछि महिलाको कार्यबोझ घट्ने सो गाउँका स्थानीयवासी बताउँछन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु तीन करोड ३४ लाख र रु ३० लाख तिला गाउँपालिकाको साझेदारीमा सौर्य ऊर्जा निर्माण भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए। पोखरी गाउँमा सौर्य ऊर्जाका लागि कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले पहल गरेका थिए।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया