विचाराधीन मुद्दामा सेनाले ठेक्का सम्झौता गर्न चिठी काट्यो
काठमाडाैं । नेपाली सेनाले विवादित ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता गर्न सोमबार चिठी लेखेको छ । सर्वोच्च अदालतमा मुद्या विचाराधिन रहेको बेला तराई मधेस द्रुतमार्ग अन्र्तगत छैटौं प्याकेजको ठेक्काका लागि चिनियाँ फस्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई चिठी लेखेको हो ।
मंसिर २० गतेको इजलासले सोमबार ठेक्काको सक्कल दस्ताबेज पेस गर्न आदेश दिएको थियो ।ठेक्का सम्झौताको मुद्यामा सुनुवाइ जारी छ ।
चिनियाँ फस्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई चिठी लेखेर १५ दिन भित्र ठेक्का सम्झौता गर्न बोलाएको छ । चलानी नम्बर १५८५३ बाट चिनियाँ कम्पनीलाई १५ दिन भित्र सम्झौता गर्न जंगी अड्डा उपस्थित हुन परिपत्र गरेको हो ।
विचाराधीन अबस्थामा रहेको रिटमा सेनाले चिनियाँ कम्पनीसँग ठेक्क सम्झौताका लागि पत्र लेख्नुलाई निकै शंकास्पद रुपमा हेरिएको छ । तर सेनाले सर्वोच्च अदालतको आदेशमा आफुहरु प्रतिवद्ध रहेको बताउँदै आएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया