विचाराधीन मुद्दामा सेनाले ठेक्का सम्झौता गर्न चिठी काट्यो
काठमाडाैं । नेपाली सेनाले विवादित ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता गर्न सोमबार चिठी लेखेको छ । सर्वोच्च अदालतमा मुद्या विचाराधिन रहेको बेला तराई मधेस द्रुतमार्ग अन्र्तगत छैटौं प्याकेजको ठेक्काका लागि चिनियाँ फस्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई चिठी लेखेको हो ।
मंसिर २० गतेको इजलासले सोमबार ठेक्काको सक्कल दस्ताबेज पेस गर्न आदेश दिएको थियो ।ठेक्का सम्झौताको मुद्यामा सुनुवाइ जारी छ ।
चिनियाँ फस्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडलाई चिठी लेखेर १५ दिन भित्र ठेक्का सम्झौता गर्न बोलाएको छ । चलानी नम्बर १५८५३ बाट चिनियाँ कम्पनीलाई १५ दिन भित्र सम्झौता गर्न जंगी अड्डा उपस्थित हुन परिपत्र गरेको हो ।
विचाराधीन अबस्थामा रहेको रिटमा सेनाले चिनियाँ कम्पनीसँग ठेक्क सम्झौताका लागि पत्र लेख्नुलाई निकै शंकास्पद रुपमा हेरिएको छ । तर सेनाले सर्वोच्च अदालतको आदेशमा आफुहरु प्रतिवद्ध रहेको बताउँदै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया