समानुपातिक सुची बदल्न एमालेलाई ३ बजेसम्मको समय
काठमाडाैं । समानुपातिक सांसदको सुची पुनरवलोकन गर्न नेकपा (एमाले) लाई निर्वाचन आयोगले पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजे सम्मको समय दिएर समानुपातिक सांसदको सुची पुनरवोलकन गर्न पत्र पठाएको हो ।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार एमालेलेलाई ३ बजेसम्मको समय दिइएको छ, त्यसपछि मात्रै सांसदहरुको सुची सार्वजनिक गरेनेछ ।
शनिबार बुझाइएको समानुपातिक सुचीमा प्रदेशसभा तर्फ ३ वटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई पत्र पठाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीलले कानुनसम्मत निर्णय गरिएकाले सुची नसच्याउने भन्दै पुरानै सुची पठाएका थिए । त्यसपछि आयोगले अाज सो निर्णय पुनरवलोकानका लागि भन्दै पत्र पठाएर ३ बजेसम्मको समय दिएको हो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया