NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

समानुपातिक सुची बदल्न एमालेलाई ३ बजेसम्मको समय

काठमाडाैं । समानुपातिक सांसदको सुची पुनरवलोकन गर्न नेकपा (एमाले) लाई निर्वाचन आयोगले पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजे सम्मको समय दिएर समानुपातिक सांसदको सुची पुनरवोलकन गर्न पत्र पठाएको हो ।

आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार एमालेलेलाई ३ बजेसम्मको समय दिइएको छ, त्यसपछि मात्रै सांसदहरुको सुची सार्वजनिक गरेनेछ ।

शनिबार बुझाइएको समानुपातिक सुचीमा प्रदेशसभा तर्फ ३ वटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई पत्र पठाएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीलले कानुनसम्मत निर्णय गरिएकाले सुची नसच्याउने भन्दै पुरानै सुची पठाएका थिए । त्यसपछि आयोगले अाज  सो निर्णय पुनरवलोकानका लागि भन्दै पत्र पठाएर ३ बजेसम्मको समय दिएको हो ।