NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पुसमा निक्षेपको ब्याजदर स्थिर रहने

काठमाडौं । बैंकहरुले पुसमा निक्षेपको ब्याजदर घटबढ नगर्ने भएका छन् । नेपाल बैंकर्स संघका निर्णय अनुसार पुसमा निक्षेपको ब्याजदर यथावत रहने भएको हो ।

यससँगै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम १२.१३३ प्रतिशत, बचतको ९.१३३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपको १०.१३३ प्रतिशतको ब्याजदरले निरन्तरता पाउने भएको छ ।

बैंकहरूले असोजमा ब्याजदर बढाएका थिए । त्यतिबेला बैंकले १५ प्रतिशतसम्म ब्याज बढाएका थिए । त्यसयता बैंकहरूले असोजकै ब्याजदर कायम राख्दै आएको छ ।

अहिले बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएपनि पुनर्कर्जा सुविधा नवीकरण नहुने अवस्था र पुसपछि स्थानीय तहको सञ्चित कोषको ५० प्रतिशत मात्रै निक्षेपमा गणना गर्न पाइने प्रावधानका कारण पुःन दबाव बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ब्याजदर स्थिर राख्ने निर्णय भएको बैंकर संघले जनाएको छ ।