खानेपानीका लागि एप्स सञ्चालनमा
नुवाकोट । विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नुवाकोटका आफ्ना ग्राहक तथा खानेपानी समितिका लागि छुट्टाछुट्टै विशेषता भएका मोबाइल एप सञ्चालनमा ल्याएको छ ।
मोबाइल एप्समा ग्राहकका लागि ग्राहक सूचना प्रणाली र व्यवस्थापनका लागि खानेपानी ज्ञान प्रणालीको विकास गरिएको हाे ।
ग्राहक सूचना प्रणालीमा ग्राहकले संस्थाका सूचना, जानकारी पढ्ने, एप्सबाटै महसुल भुक्तानी गर्ने, संस्था र समितिका सम्पर्क नम्बर हेर्ने, खानेपानीको महसुल विवरण हेर्ने, मिटर रिडिङ विवरण हेर्ने, खानेपानीको गुणस्तर हेर्ने, खानेपानी वितरण तालिका हेर्ने, खानेपानीको गुनासो तथा सेवा अनुरोध गर्ने विशेषता रहेको समितिका अध्यक्ष सन्जिवबहादुर श्रेष्ठले बताए ।
एप्सले संस्थाको विभिन्न महत्वपूर्ण सूचकहरू बिलिङ, महसुल सङ्कलन, लेखा, जिन्सी, गुनासो, पानी चुवाहट, गुणस्तर, पम्प नियन्त्रण, कर्मचारीलगायतका सबै विषयमा निर्णय गर्न आवश्यक पर्ने सबै सूचना मोबाइलबाटै प्राप्त गर्न सकिने उनको भनाइ छ ।
मोबाइल एपमार्फत स्मार्ट मिटर प्रविधि, खानेपानीको स्रोतको सुरक्षा प्रणाली, खानेपानी मर्मतसम्भार प्रणाली, अटोमेशनजस्ता प्रणाली सञ्चालनमा ल्याएको हो । यसअघि संस्थाले खानेपानी मिटर रिडिङलाई डिजीटल गरी अनलाईन भुक्तानीसहितको सुविधा सञ्चालनमा ल्याएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया