मेसीले भने, ‘यो नै मेरो अन्तिम विश्वकप’
एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनेल मेसीले हाल कतारमा चलिरहेको फिफा विश्वकप आफ्नो लागि अन्तिम भएको बताएका छन् ।
क्रोएसियालाई तीन गोलले पराजित गरेर अर्जेन्टिनाले फाइनलमा आफ्नो ठाउँ सुरक्षित बनाइसकेको छ । अब सेमी फाइनलको दोस्रो खेलमा मोरक्को र फ्रान्स एकअर्कासँग भिड्दै छन् ।
क्रोएसियासँगको खेलपछि मेसीले भने, ‘विश्वकपमा आफ्नो यात्रा फाइनलसम्म पुगेकाले म निकै खुशी छु । यो वास्तवमै सुखद क्षण हो ।
यसपटकको विश्वकपमा जे जति घटना भयो, त्यो मेरो लागि भावनात्मक रह्यो । अर्जेन्टिनामा मानिसहरूले यसको कति आनन्द लिएको देख्दा पनि भावुक छु । अर्को विश्वकप आउन अझै धेरै समय बाँकी छ । म त्यत्ति धेरै गर्न सक्छु जस्तो लाग्दैन । यसरी विश्वकपको यात्रा समाप्त गर्नु मेरो लागि शानदार कुरा हो ।’
३५ वर्षिय मेसीको यो पाँचौ विश्वकप हो । उनले आफ्नो फुटबल करियरमा विश्वकपको ट्रफीवोहक हासिल गर्न बाँकी केही पनि छैन । यो सपना पूरा गर्ने मेसीको ठूलो धोको छ ।
हालसम्म उनले सातपटकसम्म विश्वकै उत्कृष्ट फुटबलरको अर्वाड हात पारिसकेका छन् । उनले एकपटक फिफाकै उत्कृष्ट पुरूष खेलाडीको अवार्ड जिते । त्यस्तै, मेसीले चारपटकसम्म च्याम्पियन्स लिगको उपाधी हात पारिसकेका छन् । उनले गत वर्ष कोपा अमेरिकाको उपाधी पनि जितेका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया