रविको सांसद र सभापति पदको खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछानेको सांसद पदको खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
सिन्धुलीका युवराज सफलले लामिछानेको सांसद पदसहित रास्वपाको सभापति पद खारेजीको मागसहित रिट दायर गरेका हुन् ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता विवादबारे हाल प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
उनीविरुद्ध गतहप्ता गृहमन्त्रालयमा उजुरी परेको थियो । लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र नेपाल फर्किएपछि अमेरिकी नागरिकता त्याग गरेपनि नेपाली नागरिकता पुरानै प्रयोग गरेको उनी आरोप छ ।
लामिछानेले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट बनाएको तथ्य मिडियामा सार्वजनिक भएपछि उनले लिएको नागरिकता र राहदानी छानविन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएको थियो ।
नेपालको कानुन अनुसार विदेशी नागरिकता लिँदा नेपालको नागरिकता स्वतः खारेज हुने प्रावधान रहेको छ । रविले विवरण ढाँटेर निर्वाचन आयोगमा दल र आफ्नो उम्मेदवारी दर्ता गरेको आरोप लागेको छ ।
उनको उम्मेदवारी रद्द गर्न उनीविरुद्ध उजुरी परेपनि आयोग आफ्नो क्षेत्राधिकारभित्र नपर्नेभन्दै पन्छिएको थियो । सञ्चारकर्म छाडेर चितवन–२ बाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा उठेका उनले सर्वाधिक मतान्तरसहित निर्वाचन जितेका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया