अदुवा निर्यात साढे ४ गुणाले बढ्यो
काठमाडाैं । चालु आर्थिक वर्षमा अदुवा निर्यात साढे ४ गुणाले बढेको छ भने आयात समेत घटेको छ । आयातमा साढे ३ गुणाले घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ को ४ महिनामा १५ करोड ४५ लाख ६ हजार रूपैयाँको अदुवा निर्यात गरेको नेपालले चालु आर्थिक वर्षको ४ महिनामा ६४ करोड १४ लाख ५६ हजार रूपैयाको अदुवा निर्यात गरेको छ ।
जसमा नेपालले निर्यातको ९० प्रतिशत भारत तथा कतार र जर्मनीमा निर्यातको १० प्रतिशत अदुवा निर्यात गरेको भन्सार विभागले जनाएको छ । यस्तै गत आर्थिक वर्षको ४ महिनामा ६ करोड ३१ लाख ५ हजारको अदुवा आयात गरेको नेपालले चालु आर्थिक वर्षको ४ महिनाम जम्मा १ करोड ३ लाख ५८ हजारको अदुवा आयात गरेको छ । गत वर्षको तुलनामा ४ करोड ४७ लाख ४७ हजारले कम हो ।
कृषि तथा पशुपन्छी मन्त्रालयले भने आयात घट्नु र निर्यात बढ्नुले नेपाल अदुवामा आत्मनिर्भर हुँदै गएको सङ्केत गरेको जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा अदुवा लगाइने क्षेत्रफल १८ हजार ९ सयय ४१ हेक्टर छ ।
यो विश्वमा लगाइने कूल क्षेत्रफलको पाँचौँ स्थानमा नेपाल पर्दछ । उत्पादनका दृष्टिले नेपाल विश्वभरमा नेपाल तेस्रो स्थानमा छ । तर, सरकारले अदुवाको व्यवसायीकरण, निर्यात, बजारीकरणमा खासै चासो नदेखाएको उत्पादकको गुनासो छ ।
अदुवामा आत्म निर्भर बन्न सरकारले निर्यातलाई बढाबा दिनेगरी काम गरिरहेको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले बताए ।
मन्त्रालयका अनुसार नेपालमा करिब तीन लाख मेट्रिक टनसम्म अदुवा उत्पादन हुन्छ । जसको ५० प्रतिशत मात्रै नेपालमा खपत हुन्छ । अदुवाको बजारीकरण गर्न नसक्दा किसानका अदुवा बारीमै कुहिने गरको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया