भारतीय अभिनेता ओबराय नेपालमा

काठमाडाैं । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न यहाँ आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन्
व्यवसायी पुनम यादवको निम्तोमा आउनुभएका अभिनेता ओबराय दश दिन नेपालमा रहनुहुने बताइएको छ । ‘पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नुभएको छ,’ त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।
अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया