NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

जापानले पूर्वसभामुख पौडेललाई विभुषण प्रदान गर्ने

काठमाडौं । पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कोर्डन दि अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मान गर्ने भएको छ ।

नेपाल–जापान संसदीयमैत्री संघका संस्थापक अध्यक्षसमेत रहेका पौडेललाई बिहीबार दिउँसो ३ बजे जापानी दुताबास पानीपोखरीमा सम्मान गर्ने कार्यक्रम राखेको उनका सचिवालयले जनाएको छ ।

पौडेल सभामुख हुँदा नेपाल–जापान सम्बन्धमा खेलेको भूमिकालाई सम्मान गर्दै जापान सररकारले उक्त अवार्ड दिन लागिएको हो । जापानले विशिष्ट व्यक्तिहरूलाई वर्षमा २ पटक यो अवार्ड प्रदान गर्दै आएको छ, जसमा विदेशी नागरिक थोरै पर्छन् ।

सन् १८७५ मा जापानका सम्राट मेइजिले यो विभूषणको स्थापना गरेका थिए। यो अवार्ड सर्वोच्च सम्मानमध्ये एक हो ।