सुन्तलाले बजार मूल्य नपाएको किसानको गुनासो
दाङ । मेहनत र लगानी गरेर फलाइएको सुन्तलाले बजार मूल्य नपाएको रोल्पाका किसानले गुनासो गरेका छन् । बगैँचाबाट ग्राहकसम्म पु¥याउन विभिन्न चरण पार गर्दा आफ्नो लागत उठाउन समेत चुनौती रहेको किसानहरू बताउँछन् ।
रोल्पाको माडी गाउँपालिका–५ भावाङका खड्गसिंह बुढामगरले ४ विगाहामा उत्पादन भएको सुन्तला बिक्रीका लागि दाङ पु¥याउनु पर्दा लागत बढेको बताए । माडी गाउँपालिकाका किसान पछिल्लो समय सुन्तला खेतीमा आकर्षित हुँदै गएका छन् ।
पालिकाको भावाङ लगायतका गाउँलाई सुन्तला पकेट क्षेत्र घोषणा गरिएको छ । सुन्तला खेती गर्ने किसान बढिरहेको भए पनि उत्पादन अनुसारको प्रतिफल नपाएको किसानहरू बताउँछन् । पालिका भित्र उत्पादित सुन्तला भण्डारणको लागि चिस्यान केन्द्र भए सहज हुने किसानहरू बताउँछन् ।
रोल्पा, सल्यान लगाएत जिल्लामा उत्पादन भएको सुन्तला बिक्रीको प्रमुख बजार दाङ हो । बिचौलियालाई सुन्तला बेच्दा लागत पनि नउठ्ने तथा आफै बिक्री गर्न जाँदा बजारको अभाव हुने भएकाले सुन्तला बिक्रीको समन्वय पालिकाले नै गरिदिनुपर्ने किसानहरूको माग छ ।
किसानको माग सम्बोधन गर्न पालिकाले योजना बनाइरहेको माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तीले जानकारी दिए । माडी गाउँपालिकाको घर्तीगाउँ, ओत, तालावाङ, भावाङ, कोर्चावाङ लगायतका गाउँमा प्रशस्त सुन्तला फल्ने गरेको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया