NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

राष्ट्रपति भण्डारी विराटनगर जाँदै

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी क्षेत्रद्धारा आयोजित विराट एक्स्पो उद्घाटन गर्न विराटनगर जाने भएकि छन् । उनी १ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति आउने भएपछि विराटनगर लगायतका वरपरका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । उद्योग, व्यवसाय, कृषी, पर्यटन लगायतका क्षेत्रमा काम गर्न चाहनेहरुलाई एक्स्पोले फाइदा पु-याउने अनुमान छ ।

विभिन्न क्षेत्रका ४ सय ७६ प्रवर्दधकहरु एक्स्पोमा सहभागी हुनेछन् । ३ लाख भन्दा बढीले एक्स्पो हेर्न आउने अनुमान गरिएको छ । एक्स्पो पुस ६ गतेसम्म सञ्चालन गरिने छ ।