मौसमी श्रमिक शून्य लागतमा पठाउने सरकारको तयारी

काठमाडाैं । सरकारले बेलायत, दक्षिण कोरिया, जर्मनी लगायत विभिन्न मुलुकमा मौसमी श्रमिक शून्य लागतमा पठाउने सरकारले तयारी सुरू गरेको छ ।मौसमी कामका लागि नेपाली श्रमिकको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो ।
यसका लागि आवश्यक कार्यविधिको ड्राफ्ट बनाएर मन्त्रीपरिषदमा पठाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारमा पठाउँने व्यवस्था गरेको छैन । म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ ।
तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यतिनै भनेर नतोकिएका कारण मौसमी कामदारका रूपमा बेलायत जानेहरूलाई वैदेशिक रोजगार काठमाडौं कार्यालयले श्रम स्वीकृति प्रदान गरेको अवस्था छ । तर मौसमी श्रमिक श्रम स्वीकृति लिएरभन्दा पनि कन्सल्टेन्सीहरू, ट्राभलएजेन्सी मार्फत् पुग्ने गरेको देखिएको छ ।
यसरी उनिहरूलाई मौसमि श्रमिकका रूपमा पठाउदा ५ लाख रूपैयासम्म लिने गरेको पाईएकाले सरकारले आफैले सुन्य लागतमा पठाउने तयारी गरेको हो । सचिब अर्यालका अनुसार मन्त्री परिषद्बाट स्वीकृत भएर आउने बित्तिकै मौसमी श्रमिक पठाउन सुरू गर्ने बताए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया