सर्लाहीमा गोली चल्दा १ जना गम्भीर घाइते
काठमाडाैं । शुक्रबार साँझ सर्लाहीको रामनगरमा गोली प्रहार हुँदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा रामनगर गाउँपालिका ६ मा का स्थानीय सुरेश साह रहेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मामाको छोरासँग लेनदेनको विषयमा विवाद बढेपछि साह माथि गोली प्रहार भएको हो । घटना स्थलबाट प्रहरीले मामाका छोरा रामप्रवेश साहसँगै २ जनालाई प्रहरीले नियन्त्तणमा लिएको छ ।
घाइते सुरेश सशस्त्र प्रहरीमा काठमाडौंमा कार्यरत रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदै छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया