तेस्रो स्थानका लागि आज क्रोएसिया र मोरक्को भिड्दै
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको तेस्रो स्थानका लागि आज मोरक्को र क्रोएसिया भिड्दै छन् ।
विश्वकपमा सनसनीपूर्ण जित निकालेका क्रोएसिया र मोरक्को सेमिफाइनलमा क्रमशः अर्जेन्टिना र फ्रान्ससँग पराजित बनेका थिए । अफ्रिकन मुलुकबाट पहिलो पटक विश्वकपको अन्तिम चरणमा पुगेको मोरक्को फ्रान्ससँग २–० गोल अन्तरमा पराजित बनेको हो । निकै लयमा रहेको क्रोएसियालाई भने अर्जेन्टिनाले स्तब्ध पार्यो । यो नतिजासँगै क्रोएसियाको लगातार दोस्रोपटक फाइनल खेल्ने योजना भताभुंग भएको छ ।
दुवै मुलुक आज जितको खोजीमा हुनेछन् । खेल नेपाली समयअनुसार शनिबार राति ८ः४५ बजेबाट सुरु हुनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया