माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारी बैठक डाकेको छ । सत्तागठबन्धन दलबीच आगामी सरकारको नेतृत्वमा सहमति जुट्न बाँकी रहेका बेला माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।
आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा तय बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनलगायत विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी सरकारको नेतृत्व गर्ने इच्छा देखाएका छन् । उनले शनिबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आफूलाई पहिलो कार्यकाल प्रधानमन्त्रीमा समर्थन गर्नुपर्ने प्रस्ताव गरेका छन् । तर देउवा आफैं छैटौं कार्यकालका लागि प्रधानमन्त्रीका आकांक्षी छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया