सरकार बनाउने खेलमा एमाले छैन : सचिव बिष्ट
काठमाडौं । एमालेका सचिव गोकर्ण बिष्टले सरकार बनाउने दौडमा एमाले नभएको स्पष्ट पारेका छन् । गुल्मी–२ बाट नवनिर्वाचित सांसद बिष्टले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सरकार गठन एमालेको प्राथमिकताको विषय नभएको बताए ।
‘एमालेलाई दिएको जनादेश सरकार गठनका लागि होइन, प्रतिपक्षका लागि हो’, उनले भने, ‘लोकतन्त्रको मर्यादा र भूमिकालाई कायमै राख्दै संसदीय अभ्यासलाई सम्मान गर्छौं । आगामी दिनमा जनताको भावनालाई शिरमा राखेर काम गर्छौं ।’
वाम पार्टीको नामबाट राष्ट्रियता, स्वतन्त्रता स्वाधिनताको अपमान गर्ने, समृद्धिको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग सहकार्य गरेर एमालेलाई सरकार बनाउन हतार नभएको उनले बताए ।
एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो दलको रूपमा अनुमोदन गरेको उनले जिकिर गरे ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया