हस्ताक्षर र्कीते गरेर ७० लाख निकाल्दा महामन्त प्रहरी फन्दामा

काठमाडाैं । हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट प्रहरीले एक जना महामहन्तलाई पक्राउ गरेको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीकाे मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महामहन्तमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप रहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज विहानै पक्राउ गरी महामहन्तलाई रुपन्देही पठाइसकेको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया