NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अत्तरियामा गोली चल्यो, एक घाइते

काठमाडाैं । कैलालीको अत्तरियामा गोली चल्दा एक जना घाइते भएका छन् । नचिनेका मानिसहरुले गोली चलाउँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

गोली लागि अत्तरिया बजारमा सुनचाँदी पसल गर्दै आएका ३१ वर्षीय विकास गौतम घाइते भएकाे प्रहरीले जनाएकाे छ । गोली प्रहार गर्ने समुहको खोजी भइरहेको छ भने घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।