‘म्यान अफ दि इलेक्सन’ को उपाधी ओलीलाई
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वाधिक लोकप्रिय मत पाएर ‘म्यान आफ दि इलेक्सन’ को उपाधी प्राप्त गरेका छन् ।
आज एमालेले एक विशेष कार्यक्रमको आयोजना गर्दै ओलीलाई यो उपाधीद्वारा सम्मान गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले धाँधली, षड्यन्त्र र बुथ क्याप्चरका बीचमा पनि सबै परिस्थितीलाई पराजित गर्दै नेकपा एमाले देशको सर्वाधिक लोकप्रिय पार्टीमा उदाएको बताए । आगामी दिनमा यो भन्दा महान् सफलताको तयारीमा आजैदेखि जुट्ने उनको प्रतिबद्धता छ ।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा झापा ५ बाट उनले ५२ हजार ३१९ मत ल्याउँदै विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया