नाइजेरियामा हैजाबाट ५१ जनाको मृत्यु

एजेन्सी । नाइजेरियामा फैलिएको हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ५१ जना पुगेको छ । त्यहाको स्वास्थ्य अधिकारीहरुले हैजाबाट कम्तीमा पनि ५१ को ज्यान गएको जानकारी गराएका छन् ।
उनीहरुका अनुसार नाइजेरियामा सोमबार मात्र ३१ जनाको ज्यान गएको छ । यसअघि आइतबारसम्म २० जनाको ज्यान गएको बताइएको थियो ।
सोमबार मात्र यो संख्या बढेर ५१ पुगेपछि यो सोमबार मात्र ३१ जनाको ज्यान गएको प्रमाणित भएको हो । पछिल्ला केही महिनायता हैजाको प्रकोप बढेको समाचारमा जनाइएको छ । नाइजेरियाको दक्षिणी क्रस रिभर राज्यमा बढी मात्रामा हैजाको प्रकोप बढेको देखिएको समाचारमा जनाइएको छ ।
ज्यान जानेमा सोही राज्यका नागरिक बढी रहेका पनि समाचारमा उल्लेख गरिएको छ । उक्त राज्यको स्थानीय अबि क्षेत्रका १० गाउँमा बढी मात्रामा हैजाको प्रकोप फैलिएको उनीहरुको भनाई छ । नाइजेरियाली सरकारले १० ओटा गाउँमा हैजा फैलिएको पाइएकोले त्यसको अनुसन्धान थालिएको जनाएको छ ।
ती गाउँमा मात्र सयौँ मानिस विरामी भइ अस्पताल भर्ना भएका छन् । ती जिल्लामा केही हप्तादेखि झाडा पखालाका विरामी बढेको पाइएको थियो । ती विरामीमा हैजाको प्रकोपको आशङ्कामा अनुसन्धान गरिएको थियो । स्वास्थ्य अधिकारीले जानकारी दिएअनुसार गएको बुधबारदेखि हैजा सङ्क्रमण भएको पाइएको हो ।
सरकारले ती क्षेत्रमा सफा पानीको प्रबन्ध र सरसफाईका कामलाई अघि बढाएको जनाएको छ । साथै गाउँलेहरुलाई सरसफाईसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको बताइएको छ । घना बस्तीहरुमा खानेपानी, सरसफाई तथा अन्य आवश्यक स्वास्थ्य पूर्वाधारको अभावमा नाइजेरियामा हैजाको प्रकोप बारम्बार फैलिने गरेको बताइन्छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया