NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

उम्मेदवारी फिर्ता लिन देउवालाई महामन्त्री थापाको सुझाव

काठमाडौं । संस्थापन इतरबाट कांग्रेस संसदीय दलको नेताका उम्मेदवार रहेका गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

बुधबार हुने संसदीय दलको नेताको निर्वाचनका लागि सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गरेका हुन् ।

उनका प्रस्तावक डा. शेखर कोइराला, समर्थकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेल रहेका छन् । संसदीय दलको नेतामा देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको छ ।

८९ सदस्यीय संसदीय दलमा सभापति देउवा र महामन्त्रीबीचको भिडन्त रोमान्चक हुने भएको छ । कांग्रेस निर्वाचन समितिले भोलि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म दलको निर्वाचन तग गरिएको छ। मतदान सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हुनेछ।