गोप्य मतदानमा फोटो खिच्न छुट, गगन असन्तुष्ट
काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनमा गोप्य मतदानको मर्मविपरीत सांसदहरूलाई आफूले दिएको मतको तस्बिर खिच्न छुट दिइएको छ । गोप्य मतदानको तस्बिर खिच्न छुट दिइएपछि संसदीय दलको नेताका लागि शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका गगन थापाले असन्तुष्टि जनाएका छन् ।
बुधबार बिहान सुरु मतदानमा सांसदलाई मोबाइल लैजान निषेध गर्नुपर्ने माग थापाले राखेका थिए भने केहीले तस्बिर खिच्न पाउनुपर्ने अडान लिएका थिए । यो विषयमा विवाद हुँदा बुधबार बिहान पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिलो मतदान सुरु भएको थियो । निर्वाचन समितिले मोबाइलमा रोक नलगाएपछि केही सांसदले आफूले दिएको गोप्य मतदानको तस्बिर खिचेका छन् ।
झण्डै एक दर्जन सांसदले गोप्य मतदानको तस्बिर खिचेको बताइएको छ ।
गोप्य मतदानको मर्मविपरीत तस्बिर खिच्न छुट दिएपछि थापाले असन्तुष्टि जनाएका छन् । उनले तस्बिर खिचेका सांसदलाई त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न चुनौतीसमेत दिएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया