गोप्य मतदानमा फोटो खिच्न छुट, गगन असन्तुष्ट
काठमाडौं । कांग्रेस संसदीय दलको नेताका लागि भएको निर्वाचनमा गोप्य मतदानको मर्मविपरीत सांसदहरूलाई आफूले दिएको मतको तस्बिर खिच्न छुट दिइएको छ । गोप्य मतदानको तस्बिर खिच्न छुट दिइएपछि संसदीय दलको नेताका लागि शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका गगन थापाले असन्तुष्टि जनाएका छन् ।
बुधबार बिहान सुरु मतदानमा सांसदलाई मोबाइल लैजान निषेध गर्नुपर्ने माग थापाले राखेका थिए भने केहीले तस्बिर खिच्न पाउनुपर्ने अडान लिएका थिए । यो विषयमा विवाद हुँदा बुधबार बिहान पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिलो मतदान सुरु भएको थियो । निर्वाचन समितिले मोबाइलमा रोक नलगाएपछि केही सांसदले आफूले दिएको गोप्य मतदानको तस्बिर खिचेका छन् ।
झण्डै एक दर्जन सांसदले गोप्य मतदानको तस्बिर खिचेको बताइएको छ ।
गोप्य मतदानको मर्मविपरीत तस्बिर खिच्न छुट दिएपछि थापाले असन्तुष्टि जनाएका छन् । उनले तस्बिर खिचेका सांसदलाई त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न चुनौतीसमेत दिएका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया