चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र
करिब ८० करोड मानिस संक्रमित हुन सक्ने अनुमान
काठमाडौं । चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरूले यही अवस्था कायम रहेमा आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन सक्ने अनुमान गरेका छन् ।
एनपीआरको प्रतिवेदनले कोरोनाबाट चीनमा मृत्यु हुनेको संख्या ५ लाख हुनसक्ने बताए पनि चीनको आधिकारिक तथ्याङ्क योभन्दा निकै कम छ ।
चिनियाँ अधिकारीका अनुसार, संक्रमणबाट मंगलबार मात्रै पाँच र सोमबार दुई जनाको मृत्यु भएको छ ।
चीनका जनस्वास्थ्य अधिकारीहरूले आगामी केही महिनामा ८० करोड मानिस कोरोनाबाट संक्रमित हुने र झण्डै पाँच लाख मानिसले मृत्युवरण गर्न सक्ने आकलन गरेको छन् ।
अमेरिकी सञ्चारमाध्यम एनपीआरमा प्रकाशित रिपोर्टमा येल विश्वविद्यालयका जनस्वास्थ्य अनुसन्धानकर्ता तथा चिनियाँ स्वास्थ्य प्रणालीका विशेषज्ञले यो लहरले असर गर्ने बताएका छन् ।
चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलबार त्यहाँ ११२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ३४९० छ ।
चीनमा कोरोना संक्रमण फैलिएपछि भारतमा पनि त्रास फैलिएको छ । कतिपयले प्रभावित क्षेत्रबाट देशभित्र यात्रा गर्न प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।
ताजा अपडेट
-
झापामा पूर्वशिक्षकबाटै एरिनाबाट गोली प्रहार भएको खुलासा
-
नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
-
आरबी कम्प्लेक्स र पिपुल्स प्लाजाद्वारा लाखौं कर छली
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
प्रतिक्रिया