NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सुनको मूल्य प्रतितोला १ लाख १२०० रूपैयाँ

काठमाडौं । नेपाली सुनचाँदी बजारमा मंगलबार घटेको सुनको मूल्य बुधबार बढेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रूपैयाँ बढेर एक लाख १२ सय रूपैयाँ कायम भएको छ ।

मंगलबार छापावल सुन प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा २५ रूपैयाँ बढेर १ हजार ४ सय रूपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी एक हजार तीन सय ८० मा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।