सुनको मूल्य प्रतितोला १ लाख १२०० रूपैयाँ
काठमाडौं । नेपाली सुनचाँदी बजारमा मंगलबार घटेको सुनको मूल्य बुधबार बढेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रूपैयाँ बढेर एक लाख १२ सय रूपैयाँ कायम भएको छ ।
मंगलबार छापावल सुन प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको मूल्य तोलामा २५ रूपैयाँ बढेर १ हजार ४ सय रूपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी एक हजार तीन सय ८० मा कारोबार भएको थियो ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया