मकवानपुरमा दुर्घटना : एक महिलाको मृत्यु
मकवानपुर । हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
उनका अनुसार आज बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नंको बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको लु २ ख ४६०७ नंको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
गम्भिर घाइते मिजारको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।
मिजारलाई ठक्कर दिने बसका चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय सिमबहादुर पल्ली मगरलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया