गगन पक्षका नौ सांसद अन्तिममा किन ढल्किए देउवातिर ?
काठमाडौं । निर्वाचनमा नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै समूहको मत पनि जोगाउन सकेन । इतरले आफूप्रति प्रतिबद्ध भोट ३२ तथा महामन्त्री शर्मा र प्रदीप पौडेल थपिँदा ३४ मत पुग्ने अपेक्षा गरेको थियो ।
यसबाहेक संस्थापनबाट आफ्नो पक्षमा ६ भोटसम्म आउने आकलन गरेको थियो । तर, मतदानका क्रममा इतरले निश्चित मानेको नौ मत पनि सभापति देउवाको पोल्टामा पर्यो ।
महामन्त्री शर्मा र पौडेल गगनको समर्थकका रूपमा उभिएपछि उत्साहित बनेको यो समूहले संस्थापन मतसमेत प्रभावित गर्न सकिने अनुमान लगाएको थियो । तर, निर्वाचन परिणामपछि इतरमा यो विषयले शंकाको अवस्था सिर्जना गरेको छ ।
एक केन्द्रीय सदस्यका अनुसार इतरले यसबारे सूक्ष्म रूपमा समीक्षा गरिरहेको छ ।
संस्थापनले प्रलोभनमा पारेर आफ्नो पक्षको मत प्रभावित गरेको इतरको आशंका छ । एक सांसदका अनुसार प्रारम्भिक समीक्षामा महाधिवेशनअघि इतर समूहको नेतृत्व गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग समानान्तर सम्बन्ध राख्दै आएका केही सांसद र अन्य केहीले मत नहालेको अनुमान लगाइएको छ । ‘पौडेलसँग समानान्तर सम्बन्ध राख्दै आउनुभएका नेताहरूले वरिष्ठ नेता पौडेलले सभापतिलाई समर्थन गरेपछि उतै मत दिएको अनुमान छ । साथीहरू प्रलोभनमा पर्नुभएको आशंका पनि छ । हामी सूक्ष्म रूपमा समीक्षा गरिरहेका छौँ,’ ती सांसदले भने ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया