कांग्रेस निर्वाचनमा मोबाइलको त्यो लफडा
काठमाडौं । निर्वाचन समितिले बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचनको समय तोकेको थियो । तर, मतदानस्थलमा मोबाइल लान पाउने–नपाउने विषयमा निर्वाचन समितिमा विवाद देखिएको थियो ।
यही विषयले ८ बजे निर्धारित निर्वाचन सुरु हुन सकिरहेको थिएन । निर्वाचन समितिमा रहेका संस्थापन समूहनिकट संयोजक सहमहामन्त्री भीष्मराज आङ्देम्बे र सदस्य पुष्पा भुसाल मोबाइल प्रतिबन्ध गर्न नहुने पक्षमा थिए भने इतर समूहनिकट समिति सदस्य प्रकाश रसाइली स्नेही मोबाइल रोक्नुपर्ने अडानमा थिए ।
‘सांसदहरूलाई यति साह्रो पनि अविश्वास गर्नुहुन्न’ भन्नेमा दुई सदस्य थिए भने स्नेही मोबाइल लान दिनुहुन्न भन्नेमा नै देखिए । यही कारण ४५ मिनेटसम्म मतदान सुरु हुन पाएन ।
अन्तमा मतदानमा मोबाइल लान नपाउने सहमतिपछि पौने नौ बजेबाट मतदान सुरु गरिएको थियो । मतदानको सुरुवात दुई उम्मेदवारको मतदानसँगै अगाडि बढेको थियो । तर, मतदानको बीचमा संस्थापन समूहका सांसदहरू आरजु राणा र मञ्जु खाणले मतदानस्थलमा मोबाइल लान नपाउने सहमतिविपरीत मतदान गरिरहेकाको मतपत्रको तस्बिर खिचेका थिए । यसक्रममा उनीहरूले नौजनाले मतदान गरिरहेको मतपत्रको समेत फोटो आउने गरी तस्बिर लिएको इतर समूहका सांसदको दाबी थियो । यस विषयले केही समय विवादसमेत भएको थियो । तस्बिर लिएको जानकारीपछि इतर समूहका सहमहामन्त्री जीवन परियारले आपत्ति जनाएका थिए ।
महामन्त्री थापाले समेत सहमतिविपरीत मोबाइल प्रयोग भएको भन्दै सञ्चारकर्मीसँग गुनासो गरेका थिए । इतर समूहका नेताहरूले यस्ता गतिविधिबाट इतरको मत प्रभावित बनाएकोे आरोपसमेत लगाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया